प्रधानमन्त्रीले भेट्न बोलाए बार पदाधिकारीलाई

नेपालभ्युज

प्रधानमन्त्रीले भेट्न बोलाए बार पदाधिकारीलाई

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनका पदाधिकारीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भेट्न बोलाएका छन्। प्रधानमन्त्री देउवाले शुक्रबार बिहान साढे १० बजे बालुवाटारमा भेट्न बोलाएको बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए।

यसअघि बारले सबै पार्टीका संसदीय दलका नेताहरूलाई ज्ञापन पत्र बुझाएको थियो। तर, भेट नभएका कारण देउवालाई ज्ञापन पत्र बुझाउन पाएको थिएन। शुक्रबारको भेटमा प्रधानमन्त्रीलाई राणाको राजीनामालगायत समसामयिक विषयमा छलफल हुने अध्यक्ष श्रेष्ठले बताए ।

उनले भने ‘‘प्रधानमन्त्रीज्यूले हामीलाई भेट्न बोलाउनुभएको छ, सो क्रममा छलफलसँगै ज्ञापन पत्र पनि बुझाउनेछौँ।’’

भेटमा प्रधानमन्त्रीलाई राणाको राजीनामालगायत समसामयिक विषयमा बारका पदाधिकारीले बताउने छन्। नेपाल बार राणाको राजीनामा माग्दै देशव्यापी आन्दोलनमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved