सर्वोच्च गेटबाट ‘बालुवाटार न्याय मार्च’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि तत्काल महाभियोगको प्रक्रिया अघि बढाउन माग गर्दै बिहीबार दिउँसो सर्वोच्च अदालत गेटबाट बालुवाटारसम्म न्याय मार्च गरेका हुन्।

सर्वोच्च गेटबाट ‘बालुवाटार न्याय मार्च’

काठमाडौं। विभिन्न पेसागत तथा नागरिक संस्थाहरूले गर्दै ‘बालुवाटार न्याय मार्च’ गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि तत्काल महाभियोगको प्रक्रिया अघि बढाउन माग गर्दै बिहीबार दिउँसो सर्वोच्च सर्वोच्च अदालत गेटबाट बालुवाटारसम्म न्याय मार्च गरेका हुन्। मार्च पास अहिले जारी छ।

मार्चमा नागरिक समाज, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर एसोसियसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघललगायत सहभागी छन्।

पेसागत तथा नागरिक संस्थाहरूले प्रधानन्यायाधीश राणाविरुद्ध तत्काल महाभियोगको प्रक्रिया थाल्दै वर्तमान गतिरोध तोड्न र न्यायपालिका रूपान्तरणका निम्ति संविधान संशोधनसहितको तयारी गर्न माग गरेका छन्।

गठबन्धन सरकारले न्यायपालिकाको प्रतिष्ठा गिराएर कानुन व्यवसायीहरूको शान्तिपूर्ण आन्दोलनमा हतियारधारी दंगा प्रहरी परिचालन गरी सर्वोच्च अदालतलाई युद्धग्रस्त क्षेत्रजस्तै बनाएको आरोप पनि उनीहरूले लगाउँदै आएका छन्।

न्यायाधीश नियुक्तिका प्रणाली र मापदण्ड परिमार्जन गर्नेजस्ता सवालमा न्यायपालिका रूपान्तरणका निम्ति सार्वजनिक प्रतिबद्धता जारी गर्न र त्यसअनुसार तयारी थाल्न दलहरूसँग माग गरिएको छ।

तस्वीर : सुनिता साखकर्मी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved