पत्नी राधिकासहित चितवन आइपुगे ओली

नेपालभ्युज

पत्नी राधिकासहित चितवन आइपुगे ओली
फाइल फोटो
चितवन। नेकपा एमालेको दशौं महाधिवेशनमा सहभगी हुन पार्टी अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यसहित चितवन आइपुगेका छन्। उनी नारायणी किनारमा शुक्रबारदेखि शुरु हुने महाधिवेशनमा सहभागी हुन चितवन आएका हुन्।
भरतपुर विमानस्थल मौसमका कारण अस्पष्ट भएपछि उनको उडान निर्धारित समयभन्दा २ घण्टा ढिलो भएको थियो।
ओलीसँगै महासचिवका आकांक्षी विष्णु पौडेल र शेरधन राई पनि चितवन आएका छन् भने उनीहरूको स्वागतका लागि महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डे विमानस्थल पुगेका थिए।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved