एमाले महाधिवेशन लाइभका लागि नारायणगढका २० स्थानमा एलसीडी राखिदै

नेपालभ्युज

एमाले महाधिवेशन लाइभका लागि नारायणगढका २० स्थानमा एलसीडी राखिदै

चितवन। चितवनको नारायणी किनारमा शुक्रबारदेखि शुरु हुने नेकपा एमालेको दशौं महाधिवेशनका लागि नारायणगढका विभिन्न स्थानमा एलसीडी राखिने भएको छ। महाधिवेशनको प्रत्यक्ष प्रसारणका लागि एमालेले बजारमा एलसीडी राख्न लागेको हो।

महाधिवेशन स्वंसेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठकाअनुसार चारओटा एलसीडी डिस्प्ले नारायणी किनारमा राखिन लागेको छ भने थप २० एलसीडी बोर्ड नारायणगढ बजारका विभिन्न स्थानमा राखिनेछ।

एमालेले महाधिवेशनमा देशभरबाट ५ लाख नेता तथा कार्यकर्ता उतार्ने दाबी गरेको छ। सबै सहभागी नारायणी किनारमा नअट्ने भएपछि सहभागीको व्यवस्थापनका लागि एलसीडी राख्न लागिएको जानकारी श्रेष्ठले दिए।

महाधिवेशनका लागि अधिकांश नेताहरू बुधबारै चितवन आइपुगेकोमा एमाले अध्यक्ष केपी शर्मा ओली आज चितवन आउँदैछन्। भरतपुर विमानस्थल मौसमका कारण अस्पष्ट भएपछि उनको उडान दुई घण्टापछि मात्रै हुने भएको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved