च्याम्पियन्स लिग फुटबल

रोनाल्डोको गोलमा अन्तिम १६ मा पुग्यो युनाइटेड

भिल्लारियलको मैदानमा युनाइटेडका लागि रोनाल्डो र जाडोन सान्चोले गोल गरे।

नेपाल भ्यूज

रोनाल्डोको गोलमा अन्तिम १६ मा पुग्यो युनाइटेड

काठमाडौं। क्रिस्टियानो रोनाल्डो प्रेरित म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ।

गएरातिको खेलमा भिल्लारियललाई २-० गोल अन्तरले पराजित गर्दै युनाइटेडले अन्तिम १६ मा स्थान बनाएको हो।

भिल्लारियलको मैदानमा युनाइटेडका लागि रोनाल्डो र जाडोन सान्चोले गोल गरे। भिल्लाविरुद्धको गोलसँगै रोनाल्डोले व्यवसायिक खेल करिअरमा ७९९ गोल गरेका छन्।

प्रशिक्षक ओले गुनार सोल्सायरलाई बर्खास्त गरेको युनाइटेड सहायक प्रशिक्षक माइकल क्यारिकको नेतृत्वमा मैदान उत्रिएको थियो।

समूह एफमा १० अंकसहित युनाइटेड शीर्ष स्थानमा छ। ७ अंक जोडेर भिल्लारियल दोस्रो स्थानमा रहेको छ ।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved