बैतडी कांग्रेस सभापति बने चतुरबहादुर चन्द

सभापतिमा चन्दले ८०९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्दी शिवराज भट्टले ४८९ मत प्राप्त गरेका जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए।

बैतडी कांग्रेस सभापति बने चतुरबहादुर चन्द

बैतडी। नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन्। बुधबार बिहान सार्वजनिक भएको मत परिणामअनुसार चन्द ३२० मतान्तरले विजयी भएका हुन्।

सभापतिमा चन्दले ८०९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्दी शिवराज भट्टले ४८९ मत प्राप्त गरेका जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए।

यस्तै, उपसभापतिमा वीरबहादुर विष्ट ६५८ मत तथा चन्द प्यानलका खगेन्द्रसिंह धामी ६२४ मतसहित विजयी भए। सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्द ६४० तथा देवराज जोशी ६३३ मत प्राप्त गरी विजयी भए।

सहसचिवमा पनि चन्द प्यानलकै दीपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृत जोशीले जानकारी दिए। एक उपसभापतिबाहेक सबै पदाधिकारीमा चन्द प्यानलकै उमेदवार विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved