पेट्रोलियम पदार्थको मूल्य घटाउने भारतको यस्तो योजना

नेपालभ्युज

पेट्रोलियम पदार्थको मूल्य घटाउने भारतको यस्तो योजना

एजेन्सी। अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्यका कारण भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रण गर्न भारतले आफ्नो आपतकालीन पेट्रोलियम भण्डारणबाट ५० लाख ब्यारेल (साढे ७९ लाख लिटर) कच्चा तेल निकाल्ने भएको छ।

अमेरिकाले भारत, जापानलगायत केही ठूला अर्थतन्त्र भएका मुलुकसँगको सहकार्यमा भारतले पनि कच्चा तेलको आपतकालीन स्टक जारी गर्ने योजना बनाएको छ। यो कदमसँगै पेट्रोल र डिजेलको मूल्य केही घट्न सक्ने बताइएको छ।

पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले जारी गरेको विज्ञप्तिमा तरल हाइड्रोकार्बनको मूल्य उचित र बजार पक्षले निर्धारण गर्नुपर्ने उल्लेख छ।

तेल उत्पादक देशहरूले जानाजानी तेलको आपूर्तिलाई मागको स्तरभन्दा तल राखेका छन्। भारतले यसबारे बारम्बार चिन्ता व्यक्त गर्दै आएको जनाएको छ। कच्चा तेलको भाउ उकालो लागेका कारण तेल उत्पादक देशहरूको आपूर्तिमा कमी आएको हो।

विज्ञप्तिमा भनिएको छ- भारतले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारणबाट ५० लाख ब्यारेल कच्चा तेल छोड्न सहमत भएको छ। यो अमेरिका, चीन, जापान र कोरियालगायत अन्य प्रमुख विश्व ऊर्जा उपभोक्ताहरूसँग परामर्शमा गरिनेछ।

मूल्य प्रतिलिटर २ देखि ३ रुपैयाँसम्म घट्न सक्छ

केडिया कमोडिटीका निर्देशक अजय केडियाका अनुसार पेट्रोलियम कम्पनीले कच्चा तेलको मूल्य घटेको फाइदा आम जनतालाई पुर्‍याउने हो भने पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २/३ रुपैयाँले घट्न सक्छ। तर, आगामी दिनमा डलरको तुलनामा रुपैयाँ कमजोर भए भाउ घट्न गाह्रो हुनेछ। कच्चा तेल हाल प्रति ब्यारेल ८० डलर आसपास व्यापार छ।

बजारमा तेलको आपूर्ति बढाउन रणनीतिक आयल रिजर्भ जारी गर्न लागिएको भारतका ऊर्जाविज्ञ नरेन्द्र तनेजाले बताए। अमेरिका, भारत, दक्षिण कोरिया र जापानले कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलरमा ल्याउने प्रयास गरिरहेका छन्।

चीनले रणनीतिक भण्डारणबाट तेल निकाल्ने तयारी पनि गरेको छ। यदि कच्चा तेलको मूल्य ७० डलरमा झर्‍यो भने भारतीय ग्राहकले पनि पेट्रोल-डिजेल र एलपी ग्यासको मूल्य कम हुँदा यसको फाइदा पक्कै पाउनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved