भूटानमाथि नेपालको सहज जित

नेपाल भ्यूज

भूटानमाथि नेपालको सहज जित

काठमाडौं। आईसीसी टी-ट्वान्टी महिला वर्ल्डकप क्रिकेटको एसियन छनोटमा नेपालले भूटानमाथि सहज जित निकालेको छ। मंगलबार भएको खेल साँझ भएको खेलमा भूटानले नेपाललाई ८ विकेटले पराजित गर्‍यो।

टस जितेर पहिले ब्याटिङ गरेको पहिले ब्याटिङ गरेको भूटानले ६ विकेटको क्षतिमा ६१ रन जोडेको थियो। ६२ रनको सहज लक्ष्य पछ्याएको नेपालले विजयी लक्ष्य ८.३ ओभरमा २ विकेटको क्षतिसहित पूरा गर्‍यो।

जितका लागि नेपालको तर्फबाट इन्दू बर्माले २४ रनको योगदान गरिन्। अर्की ओपनर सीता राणाले २ चौकासहित १७ रन र कप्तान रबिनाले १ चौकासहित १० रन जोडिन्। यस्तै जितका लागि कविता जोशीले २ बलमा २ चौकासहित ८ रनको योगदान गरिन्।

नेपाल तेस्रो खेल बिहीबार कुवेतसँग भिड्दैछ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved