कसैलाई उम्मेदवारी फिर्ता लिन दबाब दिन्नँ : ओली

नेपालभ्युज

कसैलाई उम्मेदवारी फिर्ता लिन दबाब दिन्नँ : ओली
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई पनि दबाब नदिने बताएका छन्। मंगलबार सम्पादकहरूसँगको अन्तर्क्रियामा अध्यक्ष ओलीले सहमति हुनु राम्रो भए पनि कसैले उम्मेदवारी दिए फिर्ता लिन दबाब नदिने बताएका हुन्।

उनले आफूले अहिलेसम्म अध्यक्ष पदमा उम्मेदवारी दिने विषयमा टुंगो नलाइसकेको बताए। ”मैले उठ्ने टुंगो गरेको छैन, उठ्ने टुंगो गरे निर्विरोध छोड्न पनि पाइने र चुनौती दिन पनि पाइन्छ, चुनौतीलाई स्वागत गर्छुं।” उनले उपाध्यक्ष भीम रावलले आफूलाई चुनौती नदिएको बताउँदै एमाले लोकतान्त्रिक पार्टी भएको र लोकतन्त्रमा चुनौती स्वभाविक भएको बताएका हुन्।

तर अध्यक्ष ओली निकट एमाले नेता महेश बस्नेतले मंगलबारै रावललाई उम्मेदवारी फिर्ता लिन अनुरोध गरेका थिए। काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले अध्यक्षमा दिएको उम्मेदवारीले राम्रो सन्देश नगएको बताउँदै उम्मेदवारी फिर्ता लिन अनुरोध गरेका थिए।

रावलले आइतबार मात्रै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए।

आफू निर्वाचित भए सिंगो पार्टीकै अध्यक्ष हुने भएकाले मन परेको, नजिकको र मन नपरेको,टाढाको भनेर फरक नछुट्याउने उनले बताए।

एमालेको दशौं महाधिवेशन १० मंसिरमा चितवनमा शुरु हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved