निक जोनससँग डिभोर्स गर्दैछिन् प्रियंका चोपडा?

सन् २००० कि मिस वर्ल्ड प्रियंका र अमेरिकी गायक निकको जोडी छुट्टिन लागेको हल्ला चलेको हो।

नेपालभ्युज

निक जोनससँग डिभोर्स गर्दैछिन् प्रियंका चोपडा?

एजेन्सी। टलिउड जोडी नागा चैतन्य र सामन्थाको डिभोर्सको चर्चा सेलाउन नपाउँदै भारतीय फिल्म नगरीमा नयाँ जोडीको डिभोर्सको हल्ला शुरु भएको छ।

सन् २०१८ मा बिहे गरेका प्रियंका चोपडा र निक जोनसको डिभोर्सको चर्चा अहिले बलिउडमा व्याप्त छ। सन् २००० कि मिस वर्ल्ड प्रियंका र अमेरिकी गायक निकको जोडी छुट्टिन लागेको हल्ला चलेको हो।

हल्ला चल्नुको कारण प्रियंकाले इन्ष्टाग्रामबाट आफ्नो पतिको थर हटाउनु रहेको छ। उनले आफ्नो नामको पछाडि रहेको जोनसलाई अहिले हटाएकी छन्। जसका कारण उनीहरुको डिभोर्सको हल्ला चलेको हो।

नागा चैतन्य र सामन्थाको पनि यस्तै परिस्थितिमा डिभोर्सको कुरा बाहिरिएको थियो। सामन्थाले आफ्नो नामबाट नागाको थर हटाएपछि उनीहरुबीच खटपट रहेको कुरा बाहिरिएको थियो।

तर, प्रियंकाले आफूहरुले डिभोर्स गर्न लागेको भन्ने हल्ला निराधार रहेको पुष्टि गरिदिएकी छन्। उनले पति निकको एउटा पोस्टमा गरेको कमेन्टले त्यो स्पष्ट भएको छ।

निकले सामाजिक सञ्जालमा राखेको व्यायम गर्दै गरेको भिडिओमा प्रियंकाले आफू निककै अंगालोमा मर्न चाहेको भन्दै कमेन्ट गरेकी छन्। जसलाई डिभोर्सको हल्लाको खण्डनका रुपमा हेरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved