अस्पताल भर्ना भए कांग्रेस नेता बस्नेत

कांग्रेस अधिवेशनका क्रममा गृह जिल्ला सिन्धुपाल्चोकमा रहेका नेता बस्नेत रुघाखोकी र ज्वरोबाट पीडित भएका हुन्।

नेपाल भ्यूज

अस्पताल भर्ना भए कांग्रेस नेता बस्नेत

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन्।

बस्नेतलाई रुघाखोकी र ज्वरो देखिएपछि सोमबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

कांग्रेस अधिवेशनका क्रममा गृह जिल्ला सिन्धुपाल्चोकमा रहेका नेता बस्नेत रुघाखोकी र ज्वरोबाट पीडित भएका हुन्।

जाँचका क्रममा चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको नेता बस्नेतका सञ्चार सहयोगी रामचन्द्र दुलालले जानकारी दिए।

बस्नेत पार्टीको १४ औँ महाधिवेशन सम्पन्न गर्नका लागि गठित स्वास्थ्य समितिका संयोजकसमेत हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved