‘घुइँचो’ बनाउँदै दीपेन्द्र लामा

चलचित्रमा नवनायक कुन्साङ बोम्जन र अभिनेत्री एलिजा गौतम मुख्य भूमिकामा देखिने भएका छन्। म्यूजिक भिडियोमा रमेका कुन्साङले यसै चलचित्रबाट नायकको रुपमा डेब्यू गर्नेछन्।

नेपालभ्युज

‘घुइँचो’ बनाउँदै दीपेन्द्र लामा

काठमाडौं। दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आरजे म्यूजिक एन्ड फिल्मले चलचित्र ‘घुइँचो’ निर्माण गर्न लागेको बताएको हो।

चलचित्रमा नवनायक कुन्साङ बोम्जन र अभिनेत्री एलिजा गौतम मुख्य भूमिकामा देखिने भएका छन्। म्यूजिक भिडियोमा रमेका कुन्साङले यसै चलचित्रबाट नायकको रुपमा डेब्यू गर्नेछन्।

आरजे म्यूजिक एन्ड फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता रामजी दैलेखी हुन्। आउँदो माघबाट छायांकन गर्ने निर्माण कम्पनीले बताएको छ।

निर्माता दैलेखीले चलचित्रको कथावस्तु बलियो भएकाले दर्शकलाई मनपर्ने उनको विश्वास छ। अभिनेत्री गौतमले कथावस्तु र आफ्नो चरित्र बलियो भएकाले चलचित्रमा काम गर्न तयार भएको बताइन्।

उनले भनिन्, ‘‘चलचित्रमा काम गर्ने मेरो सानैदेखिको रहर थियो। मेरो पहिलो चलचित्र ‘अनुराग’ जे जस्तो भए पनि धेरै कुरा सिक्ने मौका पाएको थिएँ। र, अब घुइँचोमा एकदमै मिहिनेत गरेर काम गर्नेछु।”

त्यस्तै, कुन्साङले राम्रो कथावस्तुमा काम गर्नका लागि आफू उत्साहित रहेको बताए। म्यूजिक भिडियोमा चकलेटी अवतारमा रुचाइएका उनले यो चलचित्रमा गाउँले युवकको भूमिका निर्वाह गर्दैछन्।

निर्देशक लामाले चलचित्रमा सुख दुःख, सपना, इमान्दार, बेइमानहरुको घुइँचो रहेको बताए। जुम्लाको एक सामान्य परिवारको यूवाको अमेरिकासम्मको यात्राको कथामा चलचित्र बन्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved