नेप्सेमा सामान्य वृद्धि, घट्यो कारोबार

नेपालभ्युज

काठमाडौं। साताको पहिलो दिन आइतबार ओरालो लागेको शेयर बजार सोमबार सामान्य वृद्धि भएको छ।

सोमबार उतारचढाबबीच कारोबारको अन्त्यमा ७ दशमलव ९० अंकले नेप्से परिसूचक वृद्धि भएको छ। नेप्से परिसूचक ७ दशमलव ९० अंकले बढेर २ हजार ७६५ दशमलव ४३ अंकमा पुगेको छ। आइतबार नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २ हजार ७५७ दशमलव ५३ अंकमा झरेको थियो।

आज कारोबार रकम भने फेरि घटेको छ। यस दिन २२५ ओटा कम्पनीको शेयर खरिदबिक्री भएको छ। आज ३ अर्ब ९२ करोड ९२ लाख रुपैयाँको ७५ लाख ६५ हजार कित्ता शेयर कारोबार भएको छ। सबैभन्दा धेरै शेयर मूल्य गिरावट हुनेमा तेह्रथुम पावरको शेयरमा गिरावट आएको छ।

कारोबारमा आएका धितोपत्रमध्ये मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसपछि  चन्द्रगिरी हिल्स, एनआईबील प्रगति फण्ड, खानीखोला हाइड्रो पावर र नेपाल इन्स्योरन्सको शेयरमूल्य बढेको छ।

१३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य गिरावट आएको छ भने अन्य ८ उपसमूहमको मूल्य बढेको छ। जसमा बैंकिङ समूहको २ दशमलव ८९ अंक, ट्रेडिङ १५ दशमलव ८३ , होटल तथा टुरिजम १४९ दशमलव ७६, जलविद्युत १० दशमलव ९२, निर्जीवन बीमा ९९ दशमलव ४८ बढेको छ।

त्यस्तै, माइक्रोफाइनान्स १४ दशमलव ५७ , जीवन बीमा समूहको उपसूचक ७ दशमलव ०८,विकास बैंक ३४ दशमलव ९९ ,उत्पादन तथा प्रशोधन २४ दशमलव ९१ अंकले घटेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved