प्लाई उद्योगमा आगलागी, पाँच करोडको क्षति

प्लाई उद्योगमा आगलागी, पाँच करोडको क्षति
सांकेतिक तस्वीर

झापा। विर्तामोड नगरपालिका-२ मा रहेको कनकाई प्लाई उद्योगमा आगलागी हुँदा करिब पाँच करोड रुपैयाँको क्षति भएको छ। आज बिहान विद्युत् शर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ। उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा लिइएको थियो।

बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक, गौरादह नगरपालिका, कमल गाउँपालिका र मोरङको उर्लाबारीबाट आएका दमकल, प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अनारमनीका प्रहरी प्रमुख सन्तोष आचार्यले बताए।

विर्तामोड-४ का विकास गोयल र दुर्गा भण्डारीले सञ्चालन गर्दै आएको उद्योगमा प्लाइका लागि चाइनाबाट आयात गरिएका महँगो कच्चापदार्थ रहेको थियो। आगलागी हुनुको कारण र यकिन क्षतिका बारेमा अनुसन्धान भइरहेको प्रमुख आचार्यले बताए।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved