मोहन मैनालीको किताब ‘आकाशमुखी’को आवरण सार्वजनिक

नेपालभ्युज

मोहन मैनालीको किताब ‘आकाशमुखी’को आवरण सार्वजनिक

काठमाडौँ। लेखक मोहन मैनालीद्वारा अनूदित निबन्धहरूको किताब ‘आकाशमुखी’को आवरण सार्वजनिक गरिएको छ। प्रकाशनगृह बुकहिलले आफ्नो ट्विटर ह्यान्डलबाट आयोजना गरेको ‘कोट एन्ड आरटी’ अन्तर्गतका उप–विजेताद्धवय ‘म्याउँ’ र ‘मस्तमौलाना’ले आवरण सार्वजनिक गरेका हुन्।

सामाजिक संजाल ट्विटरमा चर्चित रहेका अपरिचित पाठकबाट आफ्नो पुस्तकको आवरण सार्वजनिक गराउन पाएकोमा लेखक मैनालीले खुशी प्रकट गरे। उनले भने, ‘‘सचेत पाठक नै लेखकभन्दा शक्तिशाली भएकाले लेखकलाई ऊर्जा प्रदान गर्न यस्ता कुराले मद्दत गर्छ।’’

किताबको आवरण चर्चित ग्राफिक डिजाइनर सचिन यगोल श्रेष्ठले बनाएका हुन्। मैनालीका मनपसन्द १५ वटा विदेशी निबन्धहरूको अनूदित सो किताब आगामी जनवरीमा बजारमा आउनेछ।

सो अवसरमा लेखकद्वय कुमार नगरकोटी र मोहन मैनालीले उपविजेताद्धवयलाई उपहार हस्तान्तरण गरे। विजेता ‘काजीबा’ कार्यक्रममा अनुपस्थित र उपविजेतालाई करिब ४० हजार रुपैयाँ बराबरका पुस्तक प्रकाशन गृह बुकहिलले उपहारस्वरूप प्रदान गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved