यूरोपमा फेरि बढ्यो कोभिड, अष्ट्रियामा चौथो चरणको लकडाउन

नेपालभ्युज

यूरोपमा फेरि बढ्यो कोभिड, अष्ट्रियामा चौथो चरणको लकडाउन

एजेन्सी । कोभिड १९ संक्रमित दर बढ्दै जाँदा यूरोप फेरि प्रतिबन्धको अवस्थामा फर्किँदा जनताले त्यसको विरोध गरेका छन्। यूरोपमा प्रतिबन्धको जनस्तरबाटै प्रतिरोध हुँदा अष्ट्रियामा भने फेरि पूर्णरूपमा लकडाउन लगाइएको छ।

गएको रातबाट अष्ट्रिया सरकारले नागरिकलाई घरबाटै काम गर्न निर्देशन दिँदै अति आवश्यक कामका लागि मात्रै बाहिर निस्किन भनेको छ। यस्तै कम आवश्यक पसलहरू पूर्ण रूपमा बन्द गर्ने पनि त्यहाँको सरकारले निर्णय गरेको बताएको छ।

यूरोपमा भने नयाँ प्रतिबन्ध लगाइँदा मानिसहरू प्रर्दशनमा नै उत्रिएका छन्। नेदरल्याण्ड र बेल्जियममा जनता र प्रहरीबीच झडप नै भएको समाचार छ।

यूरोप महादेशमा कोभिड संक्रमणको दर पछिल्लो समयमा बढ्दै गएको छ। संक्रमण दर बढ्दै जाँदा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आवश्यक सुरक्षा अपनाउन आग्रह समेत गरेको छ।

शनिबार डब्लुएचओका क्षेत्रीय निर्देशक डा. हान्स क्लुगेले यूरोपमा मानिसहरूले भ्याक्सिन, माक्स र सार्वजनिक स्थानमा आवश्यक सुरक्षा नअपनाउने हो संक्रमण दर अझै बढ्न सक्ने चेतावनी दिएका छन्। उनले यही अवस्थामा अर्को वसन्त यामसम्म यूरोपमा मात्रै पाँच लाख मानिसको निधन हुन सक्ने चेतावनीसमेत दिएका छन्।

अघिल्लो हप्ता अष्ट्रिया कोभिड भ्याक्सिन अनिर्वाय गर्ने पहिलो यूरोपियन देश बन्यो। यद्यपि, नयाँ कानूनको प्रभावकारीता फेब्रुओरीबाट मात्रै देखिने बताइएको छ। अष्ट्रियाको छिमेकी देश जर्मनीमा पनि भ्याक्सिन प्रयोगका लागि यस्तै प्रकारको बाध्यकारी कानून लागू गर्नुपर्ने सुझाव आउन थालेको छ। पछिल्लो समय जर्मनीमा पनि कोभिड संक्रमणका बिरामी बढ्न थालेका छन्।

विश्वभर कोभिड महामारी फैलिएसँग अष्ट्रिया सरकारले लागू गरेको यो चौथो चरणको लकडाउन हो। अष्ट्रिया सरकारले आफ्ना नागरिकको सुरक्षालाई ध्यानमा राख्दै आत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्किने आग्रह गरेको छ।

लकडाउनको अवधिमा रेष्टुरेन्ट, बार, सैलुन, सिनेमा घर र अन्य अतिआवश्यक नरहेका व्यवसाय बन्द गर्नुपर्ने सरकारले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ। अष्ट्रिया सरकारले घोषणा गरेको लकडाउन १२ डिसेम्बरसम्म लागू हुने बताइएको छ। यद्यपि, त्यहाँको स्थानीय प्रशासनले १० दिनपछि नै लकडाउनको विषयमा पुनः मूल्यांकन गर्ने जनाएको छ।

लकडाउन कडा प्रकारको कानून भए पनि कोभिड संक्रमण बढ्दै जाँदा सरकारसँग निदानको अन्य उपाय नभएको अष्ट्रिया सरकारको दाबी छ। जनताले भ्याक्सिनको प्रयोग नगर्दा, सार्वजनिक स्थानमा जाँदा सुरक्षाको उपाय नअपनाउँदा र माक्सको प्रयोग नगर्दा सरकार लकडाउनमा जानु परेको तर्क सरकारले गर्छ।

सरकारले लकडाउन गर्ने निर्णय गरेसँग दसौँ हजार मानिस राजधानी भियनामा प्रर्दशनमा उत्रिएका छन्। राष्टिय झण्डा र ब्यानरसहित प्रर्दशनमा उत्रिएका मानिसले स्वतन्त्रताको नारा लगाई रहेका छन्।

यूरोपमा सरकारले कोभिडविरुद्ध लड्न कडा प्रतिबन्ध लागाउँदा प्रर्दशनमा उत्रिएका जनता र पुलिसबीच झडप हुँदा गत हप्ता त्यहाँ हिंसात्मक अवस्थाको सिर्जना भएको थियो।

बेल्जियमको राजधानी ब्रसेल्समा प्रर्दशनकारी र पुलिसबीच झडप भएको छ। हजारौँको संख्यामा प्रर्दशनकारी शहरको मुख्य भागमा प्रवेश गरेसँग प्रहरीसँग झडपको स्थिति आएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved