नेप्सेमा ११.६० अंकले गिरावट, मानुषीको शेयर १० प्रतिशतले बढ्यो

१३ मध्ये दुई उपसमूहबाहेक अन्य सबै राताम्मे

नेपालभ्युज

काठमाडौं। साताको पहिलो दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक गिरावट भएको छ।

कारोबारको शुरुआतसँगै घटेको शेयर बजार कारोबारको अन्तिमसमयमा आएर ११.६० अंकले गिरावट आएको हो। नेप्से परिसूचक २ हजार ७५७.५३ अंकमा झरेको छ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार ३२.३९ अंकले गिरावट आएर २ हजार ७६९.१३ अंकमा सीमित भएको थियो। ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स ३.७५ प्रतिशत घटेर ५१८.२५ अंक भएको छ।

त्यस्तै फ्लोट इण्डेक्स ०.६५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंकले घटेका छ। आइतबार कारोबारमा आएका २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँ बराबरको कारोबार भएको छ।

जसमा ७० कम्पनीको शेयर मूल्य बढेको छ। १४१ कम्पनीको मूल्य गिरावट आइएको छ भने १४ कम्पनीको मूल्य स्थिर छ। नेप्से १३ उपसमूहमध्ये दुई उपसमूहबाहेक अन्य सबै राताम्मे भएका छन्।

जसमा बैंकिङ समूहको ५.१ अंक, विकास बैंक ६.८९, वित्त कम्पनी १९.२३ , निर्जीवन बीमा ६४.१६ , माइक्रोफाइनान्स १७.४३, जीवन बीमा समूहको उपसूचक १४०.५ अंकले घटेको छ।

तर, जलविद्युत १३.२१ ,उत्पादन तथा प्रशोधन ९६.१४ अंकले बढेको छ। आज सबै पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीमा मानुषी लद्युवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ। त्यस्तै,नारायणी विकास बैंक,कपोरेट विकास बैंक,हिमाल दोलखा हाइड्रो पावर ,समृद्धि फाइनान्सको शेयर मूल्य बढेको छ।

त्यस्तै सबैभन्दा धेरै शेयर मूल्य गिरावट हुने तेह्रथुम पावर कम्पनी,प्रिमियम इन्स्योरेन्स,आइसीएफसी फाइनान्स र नेशलन माइक्रो फाइनान्स कम्पनी रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved