आजदेखि हैजाविरुद्धको खोप खुवाइँदै, कसले नखाने ?

नेपालभ्युज

आजदेखि हैजाविरुद्धको खोप खुवाइँदै, कसले नखाने ?

काठमाडौं। आजबाट कपिलबस्तुमा हैजाविरुद्धको खोप खुवाउन थालिएको छ।

लामो समयदेखि कपिलवस्तुका पाँच वडामा फैलिएकोे हैजा तथा झाडापखला नियन्त्रणमा नआएपछि सरकारले दुई लाख ५२ हजार डोज ‘ओरल कललेर’ खोप दिन शुरु गरेको हो।

हालसम्म हैजाका कारण ६ जनाले ज्यान गुमाइसकेका छन्। हुन त १ हजार ३७३ जनामा संक्रमण पुष्टि भएकोमा अब निको हुन बाँकी एक जना मात्रै बिरामी छन्। तर पानी र सौचालयको अभावका कारण  संक्रमणको जोखिम कायमै रहेकाले खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हैजाविरुद्धको खोप दुई मात्रा खुवाइने छ। पहिलो मात्रा ५ मंसिरदेखि १५ सम्म र पहिलो मात्रा खुवाइएको १४ दिन पछि दोस्रो मात्रा दिइने छ। हैजाको प्रकोप देखिएको कृष्णनगर, यशोधरा, महाराजगञ्ज, शिवराज र विजयनगर गरि ५ वडाहरूमा सञ्चालन गरिन लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए।

खोपको दुवै मात्रा पाएको ७ दिनपछि क्रमश: एन्टीबडी विकास हुने  यो खोपले कम्तीमा ५ वर्षसम्म सुरक्षा प्रदान गर्ने जानकारी उनले दिए। उनकाअनुसार खोप तोकिएका पालिकामा एक वर्ष माथिका सबै उमेर समूहका व्यक्तिहरूलाई दिइन्छ।

खोप कसले खान मिल्छ ?

एक वर्ष माथिका सबै उमेर समुहका व्यक्तिहरू,

कुपोषण भएका व्यक्तिहरू,

रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू (एचआईभी र एड्स लागेका व्यक्ति)

गर्भवती साथै स्तनपान गराइरहेका महिलाहरू

कोभिड –१९ लागेर निको भएकाहरू

खोप कसले खानु हुँदैन ?

यो खोप एक वर्ष मुनिका बालबालिका, पखाला लागेका र ज्वरो आएका व्यक्तिले खान मिल्दैन। तर बिमारी निको भएपछि खोप खान हुन्छ।

यदि पहिलो मात्रा खोप खाँदा कुनै प्रतिक्रिया देखिएमा दोस्रो मात्रा खोप खुवाउनु नहुने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार खोप लिएपछि केही सामान्य असरहरू देखिन सक्छन्। कसैकसैलाई हल्का ज्वरो आउने, पेट दुख्ने, वाकवाकी वा पखाला लाग्ने, चिलाउने, स-साना बिमिरा र खटिरा आउने जस्ता सामान्य असरहरू देखिएन सक्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved