आजदेखि १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप लगाइँदै

नेपालभ्युज

आजदेखि १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप लगाइँदै

काठमाडौं। आजदेखि कोभिडविरुद्धको फाइजर खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन शुरु गरिएको छ।

यसअघि २८ कात्तिकदेखि ४ मंसीरसम्म १२ वर्षमाथिका सबै दीर्घ रोगीलाई उक्त खोप लगाइएको थियो। स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालले १२ देखि १७ वर्षसम्मका सबै बालबालिकालाई खोप लगाउन लागिएको जानकारी दिए।

कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले अनुदानमा दिएको थप १ लाख ६२० डोज खोप गत ८ कात्तिकमा नेपाल आइपुगेको थियो। दीर्घरोगीलाई लगाएर बाँकी रहेको खोप अन्य खोप लगाउन बाँकी बालबालिकालाई दिन लागिएको उनले बताए।

काठमाडौं महानगरपालिकाले फाइजरका लागि तोकिएका पाँच ओटा खोप केन्द्रमा प्रतिकेन्द्र साढे तीन सयको हाराहारीमा मौज्दात रहेको खोप बालकालिकाहरुलाई लगाउन पठाएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले बताए।

काठमाडौंमा खोप वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, शहीद गंगालाल, वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइदै छ। खोपको दोस्रो मात्रा ४ साता पछि अर्थात् २७ मंसिरदेखि लगाउने तयारी गरिएको खोप शाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved