‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा र संकटाको बराबरी

नेपालभ्युज

‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा र संकटाको बराबरी

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत शनिबार हिमालयन शेर्पा र संकटा क्लबले १–१ गोलको बराबरी खेलेका छन्। दशरथ रङ्गशालामा भएको खेलमा अग्रता जोगाउन नसक्दा संकटाले हिमालयनसँग अंक बाँड्न बाध्य भयो।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन्। खेलको ६०औँ मिनेटमा संकटाका लक्ष्मण रुचालले गोल गर्दै टिमलाई अग्रता दिलाए। हिमालयन शेर्पाका गोलकिपर दीप कार्कीले फुत्काएर रिबाउन्ड आएको बलमा बल लक्ष्मणले गोल गरेका थिए।

संकटाको अग्रता ४ मिनेट पनि टिकेन। ६४औँ मिनेटमा त्रिदेभ गुरुङले हेडमार्फत गल गर्दै खेल बराबरी गरे। जीवन गुरुङको क्रसमा त्रिदेभले सुन्दर गोल गरेका थिए। जारी लिगमा यस सिजनकै पहिलो गोल गर्ने लक्ष्मण उक्त खेलको म्यान अफ दि म्याच घोषित भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved