काठमाडौंमा युवासंघको मोटरसाइकल र्‍याली (फोटोहरू)

नेपालभ्युज

काठमाडौंमा युवासंघको मोटरसाइकल र्‍याली (फोटोहरू)

काठमाडौं । नेकपा (एमाले) का कार्यकर्तालेहरूले महाधिवेशन नजिकिँदै गर्दा काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेका छन्।

आज बालकुमारी ललितपुरबाट निस्किएको र्‍याली लगनखेल माइतीघर हुँदै क्वालिटी बैंक्वेट बुद्धनगरमा पुगेको थियो। करिब पाँच सय हाराहारीमा मोटरसाइकल र्‍याली निकालेको युवा संघले ‘नेपाली जनता के भन्छ केपी ओली ले भन्छ’ भन्दै नारा पनि लगाएका थिए।

एमालले १० मंसीरदेखि १२ सम्म चितवनमा महाधिवेशन आयोजना गर्दै छ। त्यसकै तयारीस्वरूप मोटरसाइकल र्‍याली निकालिएको युवाहरूले बताएका छन्। र्‍यालीलाई पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतले सम्बोधन गर्ने बताइएको छ।

तस्वीरहरू पुरुषोत्तम पौडेल/नेपालभ्यूज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved