जब न्यूजिल्याण्डका ब्याटसम्यानको ब्याट नै फुट्यो…

नेपालभ्युज

जब न्यूजिल्याण्डका ब्याटसम्यानको ब्याट नै फुट्यो…

भुवनेश्वर कुमारको बलमा ठूलो शट खेल्ने क्रममा न्यूजिल्याण्डका ब्याट्सम्यान जेम्स निशनको ब्याट फुटेको छ। जुन भिडियो तथा समाचार यतिबेला चर्चामा छ।

टी ट्वान्टी विश्वकपपछि भारत र न्यूजिल्याण्ड टी ट्वान्टी सिरिज खेल्दै छन्। जसअन्तर्गत शुक्रबार भएको खेलको १८औं ओभरमा भुवनेश्वरको बललाई शट नलागे पनि जिम्मीको ब्याटको एक टुक्रा हावामा उडेको थियो। क्रिकेटमा यस्ता घटना विरलै हुने गर्छन्।

त्यसपछि अर्को बलमा भुवनेश्वरले निशमलाई पनि पेभिलियन पठाएका थिए। उनको बलको उत्कृष्ट क्याच ऋषभ पन्तले लिएका थिए। निशमले १२ बलमा मात्र ३ रन बनाएका थिए।

खेल भारतले जितेको थियो। न्यूजिल्याण्डले दिएको १ सय ५४ रनको रक्ष्य भारतले १७ दशमलव २ ओभरमै पूरा गरेको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved