स्वदेश फर्किए डोनाल्ड लु

नेपालभ्युज

स्वदेश फर्किए डोनाल्ड लु

काठमाडौं । बुधबार साँझ काठमाडौं आएका दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार साँझ स्वदेश फर्किएका छन्।

तीनदिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा नारायण खड्का, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए।

उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँगै अमेरिकी अनुदानमा प्राप्त फाइजर खोप वितरणको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अवलोकन गरेका थिए।

सहायक विदेशमन्त्री लुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र नायब शिष्टाचार महापाल रेवतीरमण पौडेलले बिदाइ गरेका छन्।

उनले मिलेनियम च्यालेन्ज कर्पेशन (एमसीसी) पारित गर्न अन्तिम समय तोकेर गएका छन्। उनले माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा २८ मंसीरभित्र एमसीसी पारित नभए फिर्ता लैजाने चेतावनी नै दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved