पुष्पलाल पार्कमा खुल्ला शारीरिक व्यायाम स्थल स्थापना

नेपालभ्युज

पुष्पलाल पार्कमा खुल्ला शारीरिक व्यायाम स्थल स्थापना

काठमाडौं। काठमाडौं महानगरपालिका-१० मा रहेको पुष्पलाल पार्कमा स्थापित खुल्ला शारीरिक व्यायाम स्थलको स्थापना गरिएको छ। शुक्रबार एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले व्यायाम स्थलको स्थापना गरे।

व्यायाम स्थलको उद्घाटन गर्दै प्रमुख शाक्यले महानगर क्षेत्रभित्रका खुल्ला ठाउँलाई उपयोग गर्न स्थानीयलाई आग्रह समेत गरे।

“शहरमा मानवीय आचरण यान्त्रिक बन्न थाल्यो। शारीरिक अभ्यास गर्न जाँदा गाडी चढेर जानु पर्ने भयो। त्यसैले हामीले हरेक वडामा कम्तीमा एउटा पार्क बनाएर घर नजिक शारीरिक अभ्यास गर्ने ठाउँ बनाउन थालेका छौँ,” उनले भने, “सार्वजनिक जग्गा खोजेर संरक्षण गर्ने, पार्क बनाउने काम हाम्रो हो। त्यसको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा स्थानीयबासीको हो।’

काठमाडौं महानगरपालिका–१०का वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनका अनुसार यो निःशुल्क सेवा हो। उनले भने, “वडाले प्रवाह गर्ने सेवा र वडाबाट स्थानीयमा प्राप्त हुने सुविधा वितरणमा राजनीतिक पूर्वाग्रह राखिएको छैन।”

९ लाख ९५ हजार रुपैयाँ लागतमा व्यायाम स्थलका सामग्रीहरू न्यु आनन्द ट्रेड हाउसले जडान गरेको ट्रेड हाउसका परामर्शदाता चन्द्रेश्वरप्रसाद सिंहले जानकारी दिए। उनका अनुसार व्यायाम स्थलमा स्काइ वाकर, एअर वाकर, क्रस ट्रेनर, सिट अप सिङ्गल, चेस्ट प्रेस, थाइ ची स्पिनर, साइकल, हर्स राइडर, डवल स्ट्याण्डिङ् ट्वीस्टर, पुस अप बार, व्याक एक्स्टेन्सनजस्ता ११ प्रकारका सामग्री छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved