चपली हाइट ३ को ट्रेलर सार्वजनिक

नेपालभ्युज

चपली हाइट ३ को ट्रेलर सार्वजनिक

काठमाडौं। क्राइम थ्रिलर फिल्म चपली हाइट ३ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच निर्माण टिमले २ मिनेट ३६ सेकेन्डको ट्रेलर सार्वजनिक गरेको हो।

आकाश बरालको कथामा अर्जुन कुमारको निर्माण र निकेश खड्काको निर्देशनमा बनेको उक्त चलचित्र पुस २ गते रिलिज हुँदैछ।

चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, दीपा श्री निरौला, लक्ष्मी बर्देवा, अमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीक मान श्रेष्ठ, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकार छन्।

२०७६ चैत २८ गते निर्माण टिमले फिल्मको रिलिज मिति तोकेकोमा कोभिड १९ का कारण भएको बन्दाबन्दीले गर्दा फिल्म प्रदर्शनमा आउन सकेको थिएन।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved