सबै क्रिकेटबाट सन्यास लिने एबी डे भिलियर्सको घोषणा

एकदिवशीय क्रिकेटमा सबैभन्दा कम बलमा अर्धशतक, शतक र १५० रन बनाउने कीर्तिमान उनको नाममा छ।

नेपालभ्युज

सबै क्रिकेटबाट सन्यास लिने एबी डे भिलियर्सको घोषणा

एजेन्सी। दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डे भिलियर्सले सबै क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। सन् २०१८ अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका भिलियर्सले  शुक्रबार क्लबबाट पनि क्रिकेट नखेल्ने घोषणा गरेका हुन्।

विश्व क्रिकेटमै भिलियर्सलाई हालसम्मको उत्कृष्ट ब्याट्सम्यानका रुपमा हेरिन्छ। आक्रामक ब्याटिङ गर्न मन पराउने उनले मैदानको सबै दिशा लामो प्रहार गर्ने हुनाले उनले थ्रिसिक्सटी डिग्री ब्याट्सम्यानको उपनाम पाएका छन्।

एकदिवशीय क्रिकेटमा सबैभन्दा कम बलमा अर्धशतक, शतक र १५० रन बनाउने कीर्तिमान उनको नाममा छ। १५ वर्षको अन्तर्राष्ट्रिय करियर दौरान उनले तीनपटक आईसीसीको उत्कृष्ट एक दिवशीय वर्ष खेलाडीको उपाधि जितेका थिए।

उनले दक्षिण अफ्रिकाको राष्ट्रिय टिमबाट १ सय १४ टेस्ट, २ सय २८ ओडीआई र ७८ टी-ट्वान्टी खेल खेलेका छन्। उनले टेस्ट म्याचमा ८ हजार ७६५, ओडीआईमा ९ हजार ५७७ र टी-ट्वैन्टीमा १ हजार ६ सय ७२ रनको रेकर्ड बनाएका छन्।

उनको यो सन्यासले सबैभन्दा बढी घाटा आईपीएल  र आईपीएलको टिम रोयल च्यालेन्जर्स बैंगलैरलाई हुनेछ। गत एक दशकदेखि उनी बैंगलोरको प्रमुख ब्याट्सम्यानका रुपमा खेलिरहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved