कृषि कानून फिर्ता लिनु दुखद्, लाजमर्दो र अनुचित : कंगना रनावत

नेपालभ्युज

कृषि कानून फिर्ता लिनु दुखद्, लाजमर्दो र अनुचित : कंगना रनावत

एजेन्सी। भारतको केन्द्र सरकारले तीनओटा विवादित कृषि कानून फिर्ता लिने घोषणा गरेको छ। शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बरको अन्त्यमा शुरु हुने संसद् अधिवेशनबाट कृषिसम्बन्धी तीनओटै कानून फिर्ता लिने बताएका छन्।

सरकारको यो निर्णयलाई किसानसहित विभिन्न कलाकार, बुद्धिजिबि, अभियन्ताहरूले स्वागत गरिरहँदा अभिनेत्री कंगना रनावतले भने विरोध गरेकी छन्। रनावतले प्रधानमन्त्री मोदीले गरेको कानून फिर्ता लिने निर्णय दुखद्, लाजमर्दो र अनुचित भएको बताएकी छन्।

इन्स्टाग्राममा उनले लेखेकी छन्, ”यदि संसदमा बस्ने मान्छेको सट्टा सडकमा बसेका मान्छेले कानुन बनाउँछन् भने छिट्टै यो देश जिहादी देश बन्नेछ।”

विभिन्नक कारणले सदा विवादमा आइरहने कंगनाले भारतीय स्वतन्त्रताका विषयमा दिएको अभिव्यक्तिका कारण आलोचित कंगनाले थप अर्को विवादित टिप्पणी गरेकी हुन्। उनले केही दिन अघि मात्रै सुभाषचन्द्र बोस र भगत सिंहलाई महात्मा गान्धीले समर्थन नगरेको बताएकी थिइन्। उनले गान्धीको अहिंसाको मन्त्रमाथि टिप्पणी गर्दै भनेकी थिइन्, ‘अगाडि गाला थापेर भीख मिल्छ, आजादी होइन।’ उक्त टिप्पणीपछि भारतमा उनको व्यापक विरोध भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved