बारले भन्यो – हामीमाथिको आक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्छौं

नेपालभ्युज

बारले भन्यो – हामीमाथिको आक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्छौं

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै धर्ना दिँदै आएका कानुन व्यवसायीमाथि सर्वोच्च अदालत परिसरमै प्रहरीबाट भएको धरपकडलाई नेपाल बार एशोसियसनले भर्त्सना गरेको छ।

बिहीबार दिउँसो आकस्मिक पत्रकार सम्मेलन गर्दै बारले घटनाको अन्तर्राष्ट्रियकरण गर्नेसमेत चेतावनी दिएको हो।

सर्वोच्च अदालतलाई युद्ध मैदानजस्तो बनाइएको भन्दै बारले आपत्ति जनाएको छ। बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने आफूहरूको पूर्वनिर्धारित कार्यक्रम रहेको भन्दै दंगा प्रहरी र एसएलआरसहित प्रहरी परिचालन गरेर युद्ध मैदान बनाउन खोजिएको बताए।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनमा आबद्ध कानुन व्यवसायीहरूले बिहीबार आन्दोलन गर्दा प्रहरीबाट हस्तक्षेप भएको थियो। प्रहरीले नियतवश हतियारसहितका प्रहरी र भिजिलान्तेसमेत प्रयोग गरिएको बारको आरोप छ। यसैबीच बारले तेस्रो  चरणको आन्दोलन थप कडा बनाउने तयारी गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved