यस्तै हो भने कांग्रेस ‘प्रजापरिषद्’ बन्छ : प्रकाशमान सिंह

नेपालभ्युज

यस्तै हो भने कांग्रेस ‘प्रजापरिषद्’ बन्छ : प्रकाशमान सिंह
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन नगरे कांग्रेस प्रजापरिषद् बन्ने बताएका छन्। बिहीबार सम्पादकहरूसँग छलफल गर्दै नेता सिंहले देउवाको विकल्प नखोजे पार्टीको अस्तित्व संकटमा पर्ने बताएका हुन्।

प्रजापरिषद्ले राणा शासन अन्त्यका लागि संघर्ष गरेकोमा तर समयानुकूल काम गर्न नसक्दा त्यसको अस्तित्व नरहेको बताउँदै उनले कांग्रेस पनि त्यस्तै बन्ने बताए।

उनले भने, ”कांग्रेसले अब पनि देउवा जस्तो नेता रोज्यो भने प्रजापरिषद्कै जस्तो हालत हुन्छ।”

उनले १३ औँ महाधिवेशनयता जनतालाई छुने गरी कुनै पनि कार्यक्रमहरू देउवाले नल्याएको आरोप लगाए। देउवाले आर्थिक वृद्धि गर्ने कार्यक्रम ल्याउन नसकेकोमा त्यो आफूले ल्याउने बताए।

आफू पार्टीको महामन्त्री र उपसभापति भइसकेकाले स्वत: सभापतिको दावेदार रहेको दावी गर्दै उनले उम्मेदवारी दिने बताउँदै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved