हिमालयन शेर्पालाई नेपाल आइसले प्रायोजन गर्ने

नेपालभ्युज

हिमालयन शेर्पालाई नेपाल आइसले प्रायोजन गर्ने

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पासँग आज नेपाल आइस मुख्य प्रायोजकको रुपमा जोडिएको छ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ्ग शेर्पा र नेपाल आइसका बिजिनेस हेड प्रदीप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौताअनुसार हिमालयन शेर्पालाई नेपाल आइसले एक वर्षका लागि प्रायोजन गर्नेछ भने हिमालयन शेर्पाले ए डिभिजन लिगमा नेपाल आइसअंकित लोगो भएको जर्सी लगाउने छ।

प्रायोजन रकम भने खुलाइएको छैन। सम्झौता कार्यक्रममा बिजिनेस हेड पुडासैनीले सामाजिक उत्तरदायित्व र फुटबल विकासका लागि नेपाल आइस हिमालयन शेर्पा क्लबसँग जोडिएको बताए।

यस्तै हिमालयन शेर्पा क्लबले स्पोर्टस किट्स पार्टनरको रुपमा खेलकुद पोशाक कम्पनी केटीएम सिटीसँग साझेदारी गरेको छ। हिमालयन शेर्पाका कार्यवाहक अध्यक्ष गोम्बु दोर्जे शेर्पा र केटिएम सिटीका प्रमुख कार्यकारी अधिकृत निमा शेर्पाले सम्झौतापत्र आदानप्रदान गरे।

सम्झौतासँगै केटीएम सिटीले हिमालयन शेर्पालाई २५ लाख रुपैयाँ बराबरको खेलकुद सामग्री उपलब्ध गराउनेछ र ए डिभिजन लिगमा शेर्पाले केटीएम सिटीको जर्सी प्रयोग गर्नेछ।

नयाँ सिजनको ‘ए’ डिभिजन लिग शुक्रबारबाट हुँदैछ। हिमालयन शेर्पाले शनिबार काठमाडौंको पुरानो क्लब संकटासँग खेल्दै लिगको शुरुआत गर्नेछ।

आजै यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लबले पनि टि टेनसँग स्पोर्टस किट्स प्रायोजनका लागि सम्झौता गरेको छ। सातदोबाटोले उद्घाटन खेलमा फ्रेन्ड्ससँग खेल्दै लिगको आरम्भ गर्नेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved