अन्याय भएको भन्दै डडेलधुराका कांग्रेसीले सानेपामा थाले रिले अनशन

नेपालभ्युज

अन्याय भएको भन्दै डडेलधुराका कांग्रेसीले सानेपामा थाले रिले अनशन

काठमाडौं। वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग सुनुवाइ नगरेको भन्दै नेपाली कांग्रेस डेडलधुराका सभापति कर्णबहादुर मल्लसहित नेता, कार्यकर्ताले सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा रिले अनशन शुरु गरेका छन्।

उनीहरूले बुधबारबाट पार्टी केन्द्रीय कार्यालयमा अनशन थालेका हुन्। डडेलधुराका हजारौं पार्टी नेता, कार्यकर्ताको भावनाअनुसार पुनः अधिवेशनको माग गरिए पनि सभापति शेरबहादुर देउवाले सुनुवाइ नगरेपछि बाध्य भएर पार्टी केन्द्रमै रिले अनशन शुरु गर्नुपरेको सभापति मल्लले बतँए।

“७६ जिल्लामा एउटा प्रक्रियाबाट अधिवेशन भइराखेको छ। डडेलधुरामा उहाँकै संरक्षणमा एउटा गुटको अधिवेशन हुन गइराखेको छ। यो अन्याय भयो, अत्याचार भयो। यो नेपाली कांग्रेसको विधान, नियमावली, पार्टीको निर्वाचन निर्देशिका खिलाफ भयो। र यो आधाभन्दा बढी कांग्रेसलाई अपहेलना गर्ने, अपमान गर्ने राजनीतिक रुपमा यस्तो कार्यलाई सच्याइयोस्।”

उनीहरूले सबैलाई अभिभावकत्व दिनेगरी अधिवेशन चाहेको र २३ भदौदेखि निरन्तर २२ कात्तिकसम्म देउवालाई लिखित र मौखिक रुपमा आग्रह गरेको पनि जनाएका छन्।

“११ दिनसम्म सयौं साथीहरू डडेलधुरा पार्टी कार्यालयमा अनशन बस्यौं। हजारौं डडेलधुराका कांग्रेसका दाजुभाइ तथा दिदीबहिनीहरूले त्यसलाई समर्थन जनाए। अहिलेसम्म पनि त्यसको सुनुवाइ नभएपश्चात् म नजन्मँदै कांग्रेस भएका अभिभावकहरू बाध्य भएर अनशन बस्न बाध्य छन्। न्यायका लागि योभन्दा दुःखद् अरु के हुन्छ?” मल्लले भने।

त्यसैगरी नेविसंघ, जिल्ला कार्य समिति डडेलधुराकी नेतृ देवकी जोशीले पनि पार्टीका केन्द्रीय सभापतिसँग न्याय माग्न आफूहरू पार्टी केन्द्रीय कार्यालयमै रिले अनशन बस्न बाध्य हुनुपरेको भन्दै आक्रोश व्यक्त गरिन्।

सभापति मल्ल नेतृत्वको टोलीले पार्टी केन्द्रीय सभापति देउवाले आफ्नै जिल्लाका पार्टीका बहुमत नेता, कार्यकर्तालाई अन्याय हुने गरी गरिएको वडा र पालिका अधिवेशन पुनः नभए आफूहरू पार्टी केन्द्रीय कार्यालयमै धर्ना र अनशन बस्न बाध्य हुने भन्दै २७ कात्तिकमा काठमाडौंमा पत्रकार सम्मेलन गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved