हेलिकोप्टर चार्टर गरेर मन्दिर दर्शनमा निस्किए नेपाल

नेपालभ्युज

हेलिकोप्टर चार्टर गरेर मन्दिर दर्शनमा निस्किए नेपाल

धनगढी। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल सुदूरपश्चिमका मन्दिर दर्शनमा निस्किएका छन्।

बुधबार हेलिकोप्टर चार्टर गरेर अध्यक्ष नेपाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले डोटीका विभिन्न मन्दिर दर्शनमा निस्किएका हुन्।

बुधबार दिउँसो अध्यक्ष नेपाल र मन्त्री आलेले सिलगढीस्थित शैलेश्वरी मन्दिर दर्शन गरेका छन्। शैलेश्वरी मन्दिर पुगेर नेपालले पँहेलो पहिरन लगाएर औपचारिक कार्यक्रमलाई समेत सम्बोधन गरेका छन्।

यस्तै बुधबार नै दुवै जनाले सुदूरपश्चिम प्रदेशकै शक्तिपिठको रूपमा रहेको बडीकेदार दर्शन गर्ने कार्यक्रम रहेको छ। डोटीबाट निर्वाचित मन्त्री आलेले नियमित रूपमै बडीकेदारको दर्शन गर्ने गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved