न्यायाधीशहरूलाई शम्भु थापाको प्रश्नः अहिले जाने भए पहिले किन इजलास छाडेको?

थापाले विशेषगरी कुमार रेग्मी र मनोज शर्माविरुद्ध अभिव्यक्ति दिएका हुन्। थापाले दुवै न्यायाधीशलाई चुनौती दिँदै भने, ‘‘रेग्मीजी र शर्माजी तपाईंहरु दुवै यहाँ आएर भन्नुस् कि चोलेन्द्र शम्शेरले घुस खाँदैनन्।”

नेपालभ्युज

न्यायाधीशहरूलाई शम्भु थापाको प्रश्नः अहिले जाने भए पहिले किन इजलास छाडेको?
फाइल तस्वीर

काठमाडौं। वरिष्ठ अधिवक्ता शम्भु थापाले इजलासमा फर्किएका न्यायाधीशविरुद्ध अभिव्यक्ति दिएका छन्। अहिले खुरुक्क इजलासमा जाने भए पहिले किन छाडेर हिँडेको भन्दै थापाले प्रश्न गरेका छन्।

नेपाल बार एशोसिएशनको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पहिले बारभन्दा अघि बढेर इजलास बहिस्कार गरेका न्यायाधीशहरु अहिले इजलासमा फर्किएको विरुद्धमा अभिव्यक्ति दिएका हुन्।

थापाले विशेषगरी कुमार रेग्मी र मनोज शर्माविरुद्ध अभिव्यक्ति दिएका हुन्। थापाले दुवै न्यायाधीशलाई चुनौती दिँदै भने, ‘‘रेग्मीजी र शर्माजी तपाईंहरु दुवै यहाँ आएर भन्नुस् कि चोलेन्द्र शम्शेरले घुस खाँदैनन्।”

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सत्तागठबन्धनमा भागबण्डा मागेको विषयमा समाचारहरु आएपछि बारले उनका विरुद्ध आन्दोलन शुरु गरेको थियो। सोही क्रममा न्यायाधीशहरुले जबराले तोकेको इजलासमा नबस्ने भन्दै इजलास त्यागेका थिए।

थापाले न्यायाधीशहरु आफैंले शुरुमा इजलास बहिस्कार गरेर बार कहाँ छ भन्ने प्रश्न उठेपछि मात्रै आफूहरु आन्दोलनमा आएको भन्दै आफैले एजेण्डा उठाएर अघि बढेको मुद्दा किन त्यागेको भन्ने जवाफ न्यायाधीशहरुबाट चाहिएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved