प्रकाश स्मृति बक्सिङ प्रतियोगितामा एपीएफका पुरन र बाबुराम क्वाटरफाइनलमा

नेपालभ्युज

काठ‍माडाैँ। विभागीय टोली एपीएफका पुरन राई र त्रिभुवन आर्मी ‘बी’ का बाबुराम मगर प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत पुरुष ५७ केजी स्पर्धाको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसमा जारी प्रतियोगितामा पुरनले कास्कीका सरोज विक तथा बाबुरामले सल्यानका गोविन्द बठामगरलाई हराउँदै अन्तिम ८ मा स्थान बनाएका हुन।

उक्त तौलसमूहमा अन्य खेलाडीले आजै भएको स्पर्धामा जित निकाल्दै अन्तिम आठमा स्थान बनाउन सफल भए। अन्तिम आठामा स्थान बनाउने क्रममा नेपाल पुलिसका शम्भु राजवंशीले कैलालीका निर्मल सुवेदीबाट वाकओभर पाए।

यस्तै एचटुओका बुद्ध ग्याल्मो लामाले ललितपुरका रोशन अछामी, कञ्चनपुरका रन्जन भट्टले रामेछापका टल छन्त्याल, भाइबका तिलवीर पुन मगरले बाँकेका नितेश नेपाली (वाक ओभर), बक्समान्डुका सुरज महर्जनले नक्सालका भक्तबहादुर किन्जरिङ तथा आर्मीका पुरन सुनारले बोसीगाउँका शुलभ मालाकारलाई हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा जारी प्रतियोगिताको पुरुष ६० केजीमा नक्सालका विजय थापाले आरडीएसका मार्सल गुरुङ, बीएनकेका इन्द्रबहादुर सुनारले पाटनका सन्तोष राई, आर्मीका विमल रोक्काले अल्फाका नीराजन चौधरी, दाङका अनिल पुन मगरले बीटीएफसीका मौसम राना मगर तथा कास्कीका सौगात कुमालले ललितपुरका निसान दासलाई पाखा लगाउँदै क्वाटरफाइनल यात्रा तय गरे। पुरुष ५४ केजीमा अल्फाका रेमोन पुन मगरले सुर्खेतका प्रकाश तरुङ मगरबाट वाक ओभर पाएर क्वाटरफाइनलमा स्थान पक्का गरे।

महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले बाँकेकी माया खत्री तथा आरडीएसकी रमिशा श्रेष्ठले आर्मीकी आरती बम्जनलाई निराश पार्दै क्वाटरफाइनल पुगे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved