सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि सुनुवाइ शुरु

न्यायाधीशहरुको समूहबाट विद्रोह गरेका ५ जना न्यायाधीशले आजदेखि इजलासमा बसेर मुद्दा हेर्न शुरु गरेका हुन्। उनीहरुकै इजलासमा पेशी चढेका मुद्दामा आज सुनुवाइ भएका छन्।

नेपालभ्युज

सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि सुनुवाइ शुरु
फाइल फाेटाे

काठमाडौं। सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि सुनुवाइ शुरु भएको छ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्माको संयुक्त इजलास तथा तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा पेशी तोकिएका सबै प्रकारका मुद्दामा सुनुवाइ शुरु भएको हो।

सर्वोच्चमा आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका न्यायाधीशहरु राखेर दुई वटा एकल इजलास तथा ८ वटा संयुक्त इजलासमा बन्दीप्रत्यक्षीकरणसहित २७९ मुद्दाको पेशी चढेको थियो।

जसमध्ये श्रेष्ठ र शर्माको इजलासमा २१ मुद्दाको पेशी चढेको थियो। जसमा एउटा मुद्दाको फैसलासमेत आइसकेको छ।

यता, केसी र रेग्मीको इजलासमा ४१ मुद्दाको पेशी तोकिएकोमा २८ मुद्दाको फैसला/आदेश आइसकेको छ।

न्यायाधीशहरुको समूहबाट विद्रोह गरेका ५ जना न्यायाधीशले आजदेखि इजलासमा बसेर मुद्दा हेर्न शुरु गरेका हुन्। उनीहरुकै इजलासमा पेशी चढेका मुद्दामा आज सुनुवाइ भएका छन्।

बाँकी न्यायाधीशहरु आगामी विकल्पको विषयमा बारसँगको छलफलमा रहेका छन्। हिजो सोमबार न्यायाधीहरु तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुडालले मुद्दा हेर्नुपर्ने मत राख्दै न्यायाधीशहरुको समूहमा विद्रोह गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved