माले महासचिवमा पुनः सीपी मैनाली

नेपालभ्युज

माले महासचिवमा पुनः सीपी मैनाली
सीपी मैनाली, महासचिव, नेकपा माले

चितवन। नेकपा (माले) को महासचिवमा पुनः सीपी मैनालीलाई चयन भएका छन्। चितवनको नारायणगढमा सोमबार सम्पन्न आठौँ केन्द्रीय महाधिवेशनले मैनालीलाई पुन महासचिव चयन गरेको हो।

साथै महाधिवेशनले केन्द्रीय समितिमा ८१ जना सदस्य राख्ने निर्णय गरेको छ। जसमध्ये ५९ जना चयन भएका छन्। चयन भएका केन्द्रीय सदस्यहरूको पहिलो बैठकले मैनालीलाई महासचिव बनाएको हो। केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी समितिमा रहने पार्टीको नीति रहेको नेताहरूले जनाएका छन्।

२०३५ साल पुसमा गठन भएको मालेका संस्थापक महासचिव नै मैनाली हुन्। उनी ०३९ सालसम्म महासचिव रहे। त्यसपछि ०४७ मा मालेमा विभिन्न घटकहरू एकीकृत भएर नेकपा (एमाले) गठन भएको थियो। ०५४ फागुनमा एमालेबाट वामदेव गौतम अलग भएर माले गठन गरे। मैनाली पनि मालेमै सामेल भए। चार वर्षपछि ०५८ फागुनमा गौतमलगायतका नेताहरु एमालेमा फर्केपछि मैनालीले माले पुनर्गठन गरेर हालसम्म नेतृत्व गर्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved