कांग्रेसले प्रदेश अधिवेशन मंसिर १६ र १७ मा गर्ने

पार्टीको निर्वाचन समितिले मंसिर २४ देखि २६ गतेसम्म गर्ने गरी तय गरेको कार्य तालिकालाई बैठकले अनुमोदन गरेको हो।

नेपालभ्युज

कांग्रेसले प्रदेश अधिवेशन मंसिर १६ र १७ मा गर्ने

काठमाडौँ। नेपाली कांग्रेसले प्रदेश तहको अधिवेशन मंसिर १६ र १७ गते गर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले रोकिएका अधिवशेनहरु शुरु गर्ने निर्णय गरेको हो।

यस्तै बैठकले केन्द्रीय कार्यसमितिले महाधिवेशन कार्यतालिका अनुमोदन गरेको छ। पार्टीको निर्वाचन समितिले मंसिर २४ देखि २६ गतेसम्म गर्ने गरी तय गरेको कार्य तालिकालाई बैठकले अनुमोदन गरेको हो।

प्रदेश तहको अधिवेशन गराउनका लागि केन्द्रीय तहका नेताहरूलाई जिम्मेवारी तोकिएको छ। प्रदेश १ को अधिवेशन गराउने जिम्मेवारी कृष्णप्रसाद सिटौलाले पाएका छन्। प्रदेश २ को रमेश रिजालले पाउँदा बागमतीमा प्रकाशमान सिंह तोकिएका छन्। गण्डकीमा गोपालमान श्रेष्ठले अधिवेशन गराउने जिम्मेवारी पाएका छन्।

त्यस्तै लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुले प्रदेश तहको महाधिवेशनको संयोजन गर्ने जिम्मेवारी पाएका हुन्। रोकिएका १३ जिल्ला मध्ये ११ वटामा कांग्रेसले शनिबार वडा तहको अधिवेशन सम्पन्न गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved