म एमालेमा गएकी छैन : रञ्जु दर्शना

नेपालभ्युज

म एमालेमा गएकी छैन : रञ्जु दर्शना

काठमाडौं। आफूलाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा आएको बताउने विवेकशील साझा पार्टीमा पछिल्लो समय  विवाद बढ्दो छ। अध्यक्ष रवीन्द्र मिश्रले पार्टी विधान विपरीत काम गरेको भन्दै सो पार्टी छाड्नेहरू पनि बढेका छन्। पार्टी छाडेकाहरू अर्को पार्टीमा गएका हल्लाहरू आइरहेका छन् ।

यसैबीच नेत्री दर्शनाले आफू एमालेमा प्रवेश नगरेको भनेर स्पष्ट पारेकी छन्। उनले सामाजिक सञ्जालमार्फत त्यस्तो प्रस्टीकरण दिएकी हुन्।‘मैले नेकपा एमाले प्रवेश गरेको छैन, होइन,’ उनले ट्विटरमा लेखेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved