४३ जिल्लामा सर्वसम्मत एमाले महाधिवेशन प्रतिनिधि चयन

नेपालभ्युज

४३ जिल्लामा सर्वसम्मत एमाले महाधिवेशन प्रतिनिधि चयन

काठमाडौं। नेकपा (एमाले)ले दशौँ महाधिवेशनका लागि ४३ जिल्लाबाट सर्वसम्मत प्रतिनिधि चयन गरेको छ।

कार्यतालिका अनुसार एमालेले शनिबार प्रतिनिध चयनको मिति तय गरेको थियो। जसअनुसार ३० मंसिरसम्ममा सबै जिल्लाबाट प्रतिनिधहरू छनोट गरिसक्न निर्देशन गरिएको छ।

४३ जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट भइसकेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्। सबै जिल्लामा सर्वसम्मतको प्रयास भइरहेको बताउँदै उनले सहमती हुन नसके ३० गतेभित्र निर्वाचन मार्फत टुङ्गो  लगाएर पार्टी कार्यालयमा नाम बुझाउन निर्देशन गरिएको बताए।

सबै जिल्लाबाट विवरण आएपछि मात्र नाम सार्वजनिक गरिने जानकारी उनले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved