एकै सातामा सूर्यबंशीले गर्‍यो १ अर्ब २३ करोडको व्यापार

नेपालभ्युज

एकै सातामा सूर्यबंशीले गर्‍यो १ अर्ब २३ करोडको व्यापार

एजेन्सी। अक्षय कुमार र कैट्रिना कैफको हालै रिलिज भएको फिल्म ‘सूर्यवंशीले बक्स अफिसमा हंगामा मच्चाएको छ। सूर्यवंशी कोरोना पछिको सबैभन्दा हिट फिल्म साबित भएको छ।

चलचित्र निर्माता रोहित शेट्टीले चलचित्रको सफलताको श्रेय आफूलाई मात्र दिन नहुने बताउँदै चलचित्रले पाएको प्रशंसा र समर्थनका लागि दर्शकलाई धन्यवाद दिएका छन्। सूर्यवंशी भारतका तीन हजारभन्दा बढी सिनेमाघरमा रिलिज भएको छ। भारतमा मात्रै फिल्मले पहिलो हप्तामा एक अर्ब २३ करोड रुपैयाँ (भारु ७७ करोड) कमाएको छ।

यस सफलताको लागि, फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लाइज (एफवाईएस)ले विशेष कार्यक्रम आयोजना गरेर शेट्टीलाई सम्मान गरेको छ। फिल्ममा अक्षय कुमारले मुख्य भूमिका निर्वाह गरेका छन्। फिल्म कोभिड महामारीका कारण धेरैपटक स्थगित भएपछि ५ नोभेम्बरमा रिलिज भएको थियो। फिल्म सुपर हिट भएपछि आगामी दिनमा रिलिज हुने सबै चलचित्र हेर्न दर्शकलाई निर्देशक शेट्टीले आग्रह गरेका छन्।

शेट्टीले भने, ‘सूर्यवंशी मेरो मात्रै सफलता होइन, यो तपाईंको आशिर्वादले प्राप्त भएको सफलता हो। हामी सँगै काम गरिरहनेछौं। तपाईंको मायाको लागि धन्यवाद र हाम्रा सबै फिल्महरूलाई समर्थन गरिरहनुहोस्।’

शुक्रबार साँझ आयोजित कार्यक्रममा शेट्टीले भने, ‘जब पनि नराम्रो समय आउँछ, हामी सँगै उभिनेछौँ। शेट्टीले कोभिड महामारीको बेला सिने उद्योगमा काम गर्नेहरूलाई आर्थिक रूपमा मद्दत गरेका थिए।

पीवीआर पिक्चर्सका मुख्य कार्यकारी निर्देशक (सीईओ) कमल ज्ञानचन्दनीले एक वर्षभन्दा बढी समयसम्म सूर्यवंशीु रिलिज गर्न सकिने बताउँदै सिनेमाघरहरूमा रिलिज गरेकोमा शेट्टीको प्रशंसा गरे। कार्यक्रममा उपस्थित प्रख्यात अभिनेता अनुपम खेरले फिल्म उद्योगलाई सहयोग गरेकोमा शेट्टीको प्रशंसा गरेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved