नेपालको टी २० वरीयता सुधार

शुक्रबार आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो।

नेपालभ्युज

नेपालको टी २० वरीयता सुधार

काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ टी२० विश्व वरीयतामा नेपालले सुधार गरेको छ। शुक्रबार आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो। यससँगै नेपाल १२ औँ स्थानमा उक्लिएको छ। नेपालले टेस्ट टोली आयरल्यान्डसँगै टी२० विश्वकप २०२१ मा उत्कृष्ट प्रदर्शन गरेका स्कटल्यान्ड र नामिबियालाई पछि पारेको छ।

नेपालको १९ खेलमा ३ हजार ५ सय ५६ अंक र १ सय ८७ रेटिङ अंक छ। नेपाल भन्दा अघि जिम्बावे ११ औँ र वेस्टइन्डिज १० औँ स्थानमा छन्। आयरल्यान्ड १३ औँ, स्कटल्यान्ड १४ औँ, युएई १५ औँ र नामिबिया १६ औँ स्थानमा छन्। ओमान १७ औँ, नेदरल्यान्ड्स १८ औँ, पपुवा न्युगिनी १९ औँ र सिंगापुर २० औँ स्थानमा छन्।
इंग्ल्यान्ड शीर्ष, भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन्। न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं, अस्ट्रेलिया छैटौँ, अफगानिस्तान सातौँ, बङ्गलादेश आठौँ र श्रीलङ्का नवौँ स्थानमा छन्।
नेपाल ओाडिआईमा भने १६ औँ स्थानमा छ। ओडिआई वरीयता बलिङमा सन्दीप ७९ औँ स्थानमा छन्। टी२० आई वरीयतामा कुशल भुर्तेल ५७ औँ स्थानमा छन्। टी२० आई वरीयता बलिङ तर्फ सन्दीप ८८ औँ स्थानमा छन्। नेपालले पछिल्लो पटक टी२० अन्तर्राष्ट्रिय खेल वैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक सिरिज खेलेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved