उपसचिव अर्यालको निधन

उपसचिव अर्यालको निधन

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको निधन भएको छ। अर्यालको शनिबार ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण निधन भएको हो।

उनलाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएका थियो। शनिबार बिहान चिकित्सकले मृत घोषणा गरेका थिए।

मन्त्रालयका निमित्त सचिव डा. हरि लम्सालले अचानक एक कर्मठ सहकर्मी गुमाउनुपर्दा दुःख लागेको जनाउँदै अर्यालप्रति श्रद्धाञ्जलि र शोककुल परिवारमा समवेदना व्यक्त गरे। अर्यालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved