राष्ट्रिय सम्मेलनउन्मुख माओवादी केन्द्र, आज टोल भेला गर्दै

११ देखि १३ पुसमा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको माओवादी केन्द्रले आज देशभर टोल भेला गर्न लागेको हो।

नेपालभ्युज

राष्ट्रिय सम्मेलनउन्मुख माओवादी केन्द्र, आज टोल भेला गर्दै
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आज देशभर टोल भेला गर्दैछ।

११ देखि १३ पुसमा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको माओवादी केन्द्रले आज देशभर टोल भेला गर्न लागेको हो।

टोल भेलालगत्तै माओवादी केन्द्रले ४ मंसिरसम्ममा वडा सम्मेलन पनि सक्ने तयारी गरेको छ। यसअघि कार्यतालिकामा प्रशित भएअनुसार नै भेलाहरु हुने माओवादी केन्द्रले जनाएको छ।

यस्तै, ११ मंसिरसम्म स्थानीय तह पालिका अधिवेशनहरु सम्पन्न गर्नुपर्ने कार्यतालिका छ। करिब पौने सात लाख सदस्यता नवीकरण गरेको केन्द्रले २५ मंसिरसम्म प्रदेश सम्मेलन सक्नुपर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved