अमेरिकी सयाहक विदेशमन्त्री र भारतीय परिवहनमन्त्री नेपाल आउँदै

अमेरिकाको दक्षिण एवं मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले १ मंसिरमा दुई दिने नेपाल भ्रमण गर्ने भएका छन्।

नेपालभ्युज

अमेरिकी सयाहक विदेशमन्त्री र भारतीय परिवहनमन्त्री नेपाल आउँदै

काठमाडौं। अमेरिकाको दक्षिण एवं मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले १ मंसिरमा दुई दिने नेपाल भ्रमण गर्ने भएका छन्। अमेरिकामा जो बाइडेन राष्ट्रपतिमा नियुक्त भएपछि अमेरिकाबाट हुन लागेको यो उच्चस्तरको नेपाल भ्रमण हो।

३० भदौमा उक्त पदमा नियुक्त भएका लूले आफ्नो कार्यक्षेत्रभित्र पर्ने देशसँगको सम्बन्ध प्रगाढ बनाउन नेपाल भ्रमण गर्न लागेको बताइएको छ। भ्रमणका क्रममा अमेरिकी सहायक विदेशमन्त्री लूले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायतका अन्य व्यक्तिलाई भेट्ने जनाइएको छ।

यस्तै, भारतका परिवहनमन्त्री नितिन गड्करी पनि नेपाल भ्रमणमा आउने तय भएको छ। अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल भ्रमणमा आएको भोलिपल्ट अर्थात २ मंसिरमा गड्करी नेपाल भ्रमणमा आउने तय भएको हो।

पतञ्जली योगपिठको नेपाल शाखाले सञ्चालनमा ल्याउन लागेको टीभीको उद्घाटनका लागि भारतीय परिवाहनमन्त्री गड्करी नेपाल आउन लागेका हुन्। पतञ्जलीले आस्था नेपाल र पतञ्जली नेपाल नामको दुई टीभी च्यानल सञ्चालनमा ल्याउन लागेको छ।

उक्त टीभीको प्रधानमन्त्री शेरबहादुर देउवा र गड्करीले संयुक्त रुपमा उद्घाटन गर्ने बताइएको छ। गड्करीसँगै योगगुरु रामदेव र पतञ्जली योगपिठका अध्यक्ष आर्चाय बालकृष्ण पनि नेपाल भ्रमणमा आउने तय भएको छ।

नेपाल भ्रमणका क्रममा भारतीय परिवहनमन्त्री गड्करीले प्रधानमन्त्री देउवा लगायत सत्तारुढ दलका प्रमुख नेता र प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीसँग भेट्ने कार्यक्रम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved