सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

नेपालभ्युज

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

कैलाली। कैलालीमा सवारी ज्यान मुद्दाका फरार एक जनालाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

कैलाली जिल्ला अदालतबाट २० वर्षअघि दुई महिना २३ दिन कैद तोकी फरार धनगढीका लक्ष्मणप्रसाद श्रेष्ठलाई लुकीछिपी बसी रहेको अवस्थामा निजकै घरबाट बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ पश्चात निज प्रतिवादी श्रेष्ठलाई आजै जिल्ला अदालतमा पेश गरेको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved