तोलामै १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

आज स्थानीय बजारमा छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

नेपालभ्युज

तोलामै १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको छ।

आज स्थानीय बजारमा छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ रहेको छ। तेजाबी सुनको मूल्य बुधबार प्रतितोला ९२ हजार २०० रुपैयाँ तोकिएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ। आज नेपाली बजारमा चाँदीको मूल्य एक हजार २७० रुपैयाँ कायम भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved