भूपेन्द्रको हत्या आरोपितको नाम सार्वजनिक

नेपालभ्युज

भूपेन्द्रको हत्या आरोपितको नाम सार्वजनिक
हत्या गरिएका भूपेद्र

कैलाली। कैलालीको टीकापुर १ मा भूपेन्द्र बडूवालको हत्या गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ। लम्कीचुहा १ लम्की चौराह बस्ने २३ वर्षीय भूपेन्द्र बडूवालको मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा लम्कीचुहा ३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धिरज शाही, लम्कीचुहा १ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टीकापुर १ बस्ने २३ वर्षीय प्रवीण रिमाल, टीकापुर १ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन साह छन्।

अपरिचित व्यक्तिहरूको धारिलो हतियार प्रहारबाट भूपेन्द्र गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी टोली परिचालन भएकाे थीयाे। घाइतेलाई उपचारको लागि टीकापुर अस्पताल लगिएपनि उपचारको क्रममा उनको मृत्यु भएको थियो।

घटनास्थलबाट सुपप्र ०१००८ प ५५६५ नम्बरको स्कुटर र सुपप्र ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। सोही विषयलाई लिएर मृतकका आफन्तहरूले चिसापानी बजारस्थित महेश रावलको संगम होटेल, भैरव शाही र राजबहादुर शाहीको घरमा ढुंगामुडा गर्दा सामान्य क्षति भएको छ।

साथै उनीहरूले लम्कीचुहा नगरपालिका-१ स्थित लम्की चोकमा पूर्वपश्चिम राजमार्ग समेत अवरोध गरेकोले हटाउने पहल भइरहेको छ। घटनामा संलग्न अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved