प्रधानन्यायाधीशले आफूसहित तोके इजलास, एक न्यायाधीश मात्र इजलासमा

नेपालभ्युज

प्रधानन्यायाधीशले आफूसहित तोके इजलास, एक न्यायाधीश मात्र इजलासमा

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुद्दाको सुनुवाइका लागि आज तोकेका ६ वटा इजलास मध्ये एकको सुनुवाइ भएको छ। न्यायाधीश कुमार चुँडालको इजलासले बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गरेको हो।

अर्को पेसीमा प्रधानन्यायाधीश राणा र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलास पनि छ। अन्य न्यायाधीशको एकल तथा संयुक्त इजलास तोकिए पनि बहिस्कार गरेका छन्।

न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण मुद्दा मात्रै आफूहरूले सुनुवाइ गर्ने अडान राखेका छन्। उनीहरूले राजीनामा नदिउन्जेल प्रधानन्यायाधीश राणाले तोकेका बन्दी प्रत्यक्षीकरणबाहेक कुनै पनि मुद्दा नहेर्ने अडानमा छन्। प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलनरत उनीहरू अहिले आन्तरिक छलफलमा छन्।

यसैबीच प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको राजीनामा माग गर्दै गर्दै नेपाल बारले विरोध कार्यक्रमलाई निरन्तरता दिने भएको छ। बारको आन्दोलनको विरोधमा पनि अर्को समूह सेतो पट्टी बाँधेर आन्दोलनमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved