सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता, साँझ पनि बैठक

नेपालभ्युज

सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता, साँझ पनि बैठक

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आज (सोमबार) बिहान भेटघाट भएको छ। सोमबारै साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको बैठक समेत बोलाइएको छ।

प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसियसनले आन्दोलन चर्काउन थालेपछि सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यसअघिको सत्तागठबन्धनको बैठकमा नेताहरूले अदालती विषयमा हस्तक्षेप नगर्ने बताएका थिए। साथै सोमबार बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पनि सत्ता गठबन्धन बैठकमा छलफल हुन सक्ने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved