सेल्टाविरुद्ध खेल्दै बार्सिलोना, १० बाट सातौं स्थानमा उक्लिने अवसर

नेपालभ्युज

सेल्टाविरुद्ध खेल्दै बार्सिलोना, १० बाट सातौं स्थानमा उक्लिने अवसर

काठमाडौं । आज रातिबाट स्पेनिस ला लिगाका १३ औं चरणका खेलहरू शुरु भएका छन्। यो चरणअन्तर्गत भर्खर सकिएका दुई खेलमा एथ्लेटिक क्लब र इस्पानियोलले जित निकालेका छन्।

एथ्लेटिकले कार्डिजमाथि १-० को को जित दर्ता गर्दा इस्पानियोलले भने ग्रानडालाई २-० ले हरायो। आजै राति बार्सिलोना र रियल मड्रिडको खेल तालिका छ।

बार्सिलोनाले राति ९ बजे सेल्टाभिगोसँग खेल्नेछ भने रियल मड्रिडले रायो भालोकानोसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल राति पौने दुई बजे हुनेछ।

आज राति ९ बजे बार्सिलोनाले सेल्टाभिगोको मैदानमा खेल्दैछ। जारी सिजन नाजुक अवस्थाबाट गुज्रिरहेको बार्सिलोना लिगको १० औं स्थानमा छ। आज राति जित निकाल्न सके ऊ लिगको सातौं स्थानमा उक्लिने छ। यद्यपि यो बार्सिलोनाको १२ खेल हुनेछ। यसअघिका ११ खेलमा उसले जम्मा चार जित निकालेको छ भने चार खेल बराबरी गरेको छ। हालसम्म जारी लिगमा १६ गोल गरेको बार्सिलोनाले १२ गोल खाइसकेको छ।

लिगमा स्थान सुधार गर्न पनि बार्सिलोनालाई आज जित अपरिहार्य छ। रोनाल्ड कोम्यानलाई बर्खास्त गरेर बार्सिलोनाले बर्जुआनलाई भित्र्याएको छ। लिगमा उनको यो दोस्रो खेल हो। यसअघि बार्सिलोनाले अल्भेससँग बराबरी खेलेको थियो। भने च्याम्पियन्स लिगमा डाइनामो किभमाथि १-० को कठिन जित निकालेको थियो।

आजको खेलमा बार्सिलोनलाे रक्षापंक्तिमा जोर्डी अल्बा, क्लेमेन्ट लेंगनेन्ट, ओस्कार मिन्जुगजासँगै इरिक गार्सियालाई स्थान दिएको छ भने फ्रेक डिजोङ, कप्तान सर्जियो बुस्केट र गोन्जालेजले मध्यपंक्ति हेर्नेछन्।

अन्सु फाती, मेम्फिस डिफाए र गाभी अट्याकिङ लाइनमा हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved